• 12:46 pm

समानुपातिक मतगणना जारीः कांग्रेस दाेस्राेमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

प्रकाशित मिति

November 25, 2022

९ मंसिर २०७९, काठमाडौँ: प्रदेश तथा प्रतिनिधिसभातर्फको प्रत्यक्षसँगै समानुपातिक मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तेस्रो स्थान हासिल गरिरहेको छ । रास्वपाले समानुपातिकतर्फ पाँच लाख ३१ हजार पाँच सय २० मत प्राप्त गरेको छ । प्रत्यक्षमा ७ सिट जितिसकेको रास्वपाले समानुपातिकमा धेरै मत ल्याउने देखिएको छ ।


एमालेले हालसम्म ११ लाख २१ हजार २२१ मत पाएको आयोगले जनाएको छ । दोस्रोमा रहेको कांग्रेसले १० लाख ६३ हजार नौ ९५७ मत प्राप्त गरेको छ । चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ ।


निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले समानुपातिकमा चार लाख ८६ हजार ९१ मत पाएको छ । राप्रपाले दुई लाख ८० हजार १०५ मत प्राप्त गरेको छ । छैटौंमा रहेको जनता समाजवादी पार्टी (जसपा) र सातौं स्थानमा नेकपा एकीकृत समाजवादीले क्रमशः एक लाख ३१ हजार ८१० र ८० हजार तीन सय दुई मत पाएका छन् ।

प्रतिकृया