• 8:59 am

४ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ०७:२२

२२ कात्तिक २०७९, काठमाडौँ : बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१२ बस्ने ईदु साई छन् ।


उनलाई गुलरिया नगरपालिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहराले रातोपाटीलाई बताए । २०७९ वैशाखमा उच्च अदालत पाटनले उनलाई ४ लाख ९० हजार जरिवाना हुने ठहर गरेको थियो ।


फैसलापछि उनी फरार थिए । जरिवाना तिर्न नसकेपछि उनलाई अदालतको आदेशले कारागार चलान गरिएको डिएसपी बोहराले जानकारी दिए ।

प्रतिकृया