• 12:04 pm

लक्ष्मी बैंककाे खुला गल्फ प्रतियोगिताकाे विजेता बने सुरेन राणा

प्रकाशित मिति

November 6, 2022

२० कात्तिक २०७९, काठमाडौँ : लक्ष्मी बैंक लिमिटेडले हिजाे शनिबार गोकर्ण गल्फ क्लबमा ‘लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता-२०२२’ आयोजना गरेकाे थियाे । उक्त प्रतियोगिता सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको ७ औं संस्करण हो। उक्त प्रतियाेगिताकाे विजेता सुरेन राणा बनेका छन् । किशोर बस्नेतसँग ४० स्टेबल फोर्ड अंकमा बराबरी भए पनि काउन्ट ब्याक प्रणालीमा राणाले ब्याक नाइन होलमा २३ अंक ल्याएर विजेता बनेका हुन् ।


विजयी खेलाडीलाई लक्ष्मी बैंकका अध्यक्ष रमन नेपाल, प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र जोसेफ नाथनलगायतले पुरस्कृत गरेका थिए।


प्रतियोगितामा पुरस्कार क्रमश : Winner, Runner-up; Best Gross, Ladies Winner, Senior Winner (age 60 &above), Senior Runner-up, Winner Guest Category, Junior Winner, Longest Drive, Closest to the pin and most birdies मा छुट्याइएकाे थियाे ।


बेष्ट ग्रसको विजेता निश्चयजंग रायमाझी बनेका छन् । उनले ३७ ग्रस अंक बनाएका थिए । यस्तै, महिलातर्फ गीता गुरुङ ३० अंक ल्याएर बेष्ट ग्रसको विजेता भएकी छिन् । त्यस्तै, सिनियर (६० वर्ष र माथि) तर्फ महेन्द्र मैनाली ३६ अंकसहित विजेता बनेका छन्।

प्रतिकृया