• 7:40 pm

प्रभु बैंकमा आए २ नयाँ सञ्चालक

प्रकाशित मिति

May 1, 2024

वैशाख १८, २०८१ काठमाडौँ: प्रभु बैंकको सञ्चालक पदमा किशोरजंग कार्की र भावना बलायर नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले संस्थापक सेयरधनीको समूहबाट कार्की र सर्वसाधारण समूहबाट बलायरलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकले काठमाडौंको विशालनगर बस्ने कार्की र ललितपुरको खुमलटार बस्ने बलायरलाई सञ्चालक नियुक्ति गरिएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ।

प्रतिकृया