• ३ असोज २०८३, शनिबार
  • ६ः०८ बेलुका

बैंक अफ काठमाण्डूको कार्डबाट अनलाइन कारोबार गर्दा १५ सय रुपैयाँ पाइने

प्रकाशित मिति

२०७९ भाद्र २१ गते, मंगलवार ०५:२८

२१ भाद्र २०७९, काठमाडौं: बैंक अफ काठमाण्डूले चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण अनलाइन कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।बैंकको कार्डवाहकहरुले विभिन्न अनलाइन पल्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकहरुले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म नगदफिर्ता पाउनेछन् ।

National Life

बैंकको अनुसार यस नगदफिर्ता योजना भदौ २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगदफिर्ता योजना अन्तर्गत बैंकको कार्डवाहकहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम १० हजार वा सोभन्दा बढि रकम हुनपर्नेछ ।


बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया