युक्रेनले राख्यो तीन भारतीयलाई कालोसूचीमा, एनएसएसबीका अध्यक्षसमेत सुचीमा
प्रकाशित मिति
२०७९ श्रावण १५ गते, आईतवार ०८:०८
१५ साउन २०७९, एजेन्सी : युक्रेनले तीन जना भारतीयलाई कालोसूचीमा राखिएको छ । तर भारतीय विदेश मन्त्रालयले हालसम्म यसबारे बोल्न आनाकानी गरिरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद् अन्तरगतको एक निकायले भारतको नेसनल सेक्युरिटी एड्भाईजरी बोर्ड (एनएसएसबी)का अध्यक्ष पीएस राघवनसहित तीन जनलाई रुसको पक्षमा प्रोपोगाण्डा गरेको आरोप लगाएको छ ।
भारतीय अधिकारीहरूले त्यहाँका मिडियाहरूलाई नाम नबताउने सम्बद्धमा युक्रेनले भूलबस पीएस राघवनलाई यो सूचीमा राखेको हुनसक्ने बताएका छन् । तर वरिष्ठ युक्रेनी अधिकारीले यो सूचीलाई सही बताएका छन् । उनले सूचीमा परेकाहरूलाई ‘रूसी प्रभावको बिना सर्त एजेन्ट’ भने र उनीहरूमाथि प्रतिबन्ध लगाउने चेतावनी दिए ।

गत जुलाई १४ मा युक्रेन सरकारद्वारा जारी यस सूचीबारे भारतीय विदेश मन्त्रालयले केही भन्न अस्वीकार गरेको छ । युक्रेनको कालो सूचिमा रहेका तीन भारतीयहरूमा पीएस राघवन, अमेरिकामा बस्ने लेखक साम पित्रोदा र वरिष्ठ पत्रकार सईद नक्वी छन् । भारत सरकारले हालै पीएस राघवनलाई पुनः नियुक्त गरेको हो र एनएसएसबीको प्रमुखको रूपमा यो उनको तेस्रो कार्यकाल हो । रुसका लागि भारतीय राजदूत भइसकेका राघवनले यी आरोपहरू कमजोर भएको भन्दै टिप्पणी गर्न लायकको पनि नरहेको बताएका छन् ।





प्रतिकृया