• ५ असोज २०८३, सोमबार
  • १०ः३१ बिहान

एसपिपीका निर्णयबारे परराष्ट्र मन्त्रीले आज संसदलाई जानकारी गराउने

प्रकाशित मिति

२०७९ श्रावण १३ गते, शुक्रबार ११:३७

१३ साउन २०७९, काठमाडौं: एसपिपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा परराष्ट्र मन्त्री नारायण खड्काले संसदमा जवाफ दिने भएका छन्। यसअघि साउन ५ गते बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका थिए। मन्त्रिपरिषद बैठकले एसपिपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भए पनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन।

National Life

सभामुख सापकोटाले सांसदहरूले एसपिपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।एमालेका सांसद भीम रावलले पनि एसपिपीबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखले रूलिङ गर्नुपर्ने माग राखेका थिए।यसैबीच दुई दिने नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग राजनीतिक भेटवार्ता गर्दैछन्।

प्रतिकृया