• ४ असोज २०८३, आइतबार
  • ४ः५१ बेलुका

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख २८ गते, बुधबार ०१:४७

२८ बैशाख २०७९, काठमाण्डौं : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो ।

National Life

खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।


उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया