• ४ असोज २०८३, आइतबार
  • ८ः३३ बिहान

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार ०७:१४

१९ माघ २०७८, काठमाडौँ : प्रहरीले एक जना नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । काठमाडौँको भद्रकालीमा बुधबार बिहान चेकजाँच गर्ने क्रममा प्रहरीले २६ वर्षीय सोनाम तामाङलाई प्रहरीको युनिफर्मसहित पक्राउ गरेको हो ।

National Life

चेकजाँचका क्रममा तामाङले आफू प्रहरी सहायक निरीक्षक भएको बताएका थिए । प्रहरीले शङ्का लागेर खानतलासी गर्दा उनको साथबाट प्रहरी सहायक निरीक्षकको युनिफर्म र दर्ज्यानीसमेत ८ वटा पासपोर्ट साइजको फोटो फेला परेको थियो ।


भक्तपुर घर भएका तामाङलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया