• ४ असोज २०८३, आइतबार
  • ६ः२३ बिहान

बैंकिङ कसुर मुद्दामा ४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

प्रकाशित मिति

२०७८ माघ ११ गते, मंगलवार ०३:४४

११ माघ २०७८, काठमाडौंं उच्च अदालत पाटनबाट बैंकिङ् कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु.४० लाख जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौँ बस्ने ४४ वर्षीय श्रेष्ठलाई आज पक्राउ गरेको हो ।


हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले आज दिउँसो विशेष सूचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो । काठमाडौँमा लुक्दै बस्ने गरेका प्रतिवादी श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्याएर पीडितलाई चेक दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

फैसला कार्यान्वयनका लागि आजै श्रेष्ठलाई रामेछाप जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले बताए ।

प्रतिकृया