• ४ असोज २०८३, आइतबार
  • ८ः१७ बिहान

कर्णालीबाट २७ नेता बने माओवादी केन्द्रीय सदस्य (नामवालीसहित)

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०८:२९

१९ पुस २०७८, काठमाडौँ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट कर्णालीका २७ नेता केन्द्रीय सदस्य चयन भएका छन्। आइतबार सकिएको माओवादीको आठौं महाधिवेशनबाट खुला र समानुपातिक गरी २७ नेता माओवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन्।

National Life

महाधिवेशनमा घोषित माओवादीका २३७ जनाको केन्द्रीय सदस्यमा कर्णालीबाट महासचिवका दावेदार जनार्दन शर्मादेखि शक्ति बस्नेतसम्म छन्। जुम्लाका चर्चित सांसद गजेन्द्र महत र नरेश भण्डारी पनि केन्द्रीय सदस्य चयन भएका छन्। महत खुलाबाट केन्द्रीय सदस्य बन्दा भण्डारी पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य बने।


यस्तै पूर्वमन्त्री सीता नेपाली दलित महिलाबाट केन्द्रीय सदस्य बन्दा कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती जनजाति कोटाबाट केन्द्रीय सदस्य बनिन्। यस्तै दलित युवा महिलामा जाजरकोटकी पार्वती विक केन्द्रीय सदस्य बनेकी छन्। पत्रकार लक्ष्मी शर्मा पनि माओवादीको केन्द्रीय सदस्य बनेकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

माओवादी केन्द्रमा कर्णालीबाट केन्द्रीय सदस्यको नाम हेर्दा जनार्दनभन्दा शक्ति बस्नेत अगाडि देखिन्छन्। कर्णालीका वैचारिक क्रान्तिकारी नेता मानिने नरेश भण्डारी पिछडिएको क्षेत्रबाट छनोट भएका छन्।

कर्णालीबाट केन्द्रीय सदस्य बनेका २७ नेता
समावेशी

खसआर्य पुरुष खुलातर्फ
१. नरबहादुर विष्ट
२. वसन्त शर्मा

खस आर्य युवा पुरुषतर्फ
३. विजय भण्डारी


खस आर्य महिलातर्फ
४. सत्या पहाडी
५. टीका बुढाथोकी
६. गोमा कुवँर
७. काली चलाउने
८. हरिमाया शर्मा


खस आर्य युवा महिला
९. यशोदा न्यौपाने
१०. कृष्णा शाह

दलित पुरुषतर्फ
११. विष्णुबहादुर बिक


दलित महिला
१२. सीता नेपाली

युवा दलित महिला
१३. पार्वती बिक

आदिवासी जनजाति पुरुष
१४. छक्कबहादुर लामा


आदिवासी जनजाति महिलातर्फ
१५. पुष्पा घर्ती
१६. लक्ष्मी पुन


खुलातर्फ
१७. शक्ति बस्नेत
१८. जनार्दन शर्मा
१८. महेन्द्रबहादुर शाही
२०. कालीबहादुर मल्ल
२१. मायाप्रसाद शर्मा
२२. टेकबहादुर बस्नेत
२३. राजकुमार शर्मा
२४. रामदीप आचार्य
२५. झकबहादुर मल्ल
२६. बिन्दमान विष्ट
२७. गजेन्द्र महत

प्रतिकृया