• ६ असोज २०८३, मंगलबार
  • ६ः०९ बिहान

कांग्रेस महाधिवेशन : चितवनबाट पहिलोपटक केन्द्रीय सदस्यमा ५ जना निर्वाचित

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०१:२९

९ पुस २०७८, काठमाडौं : नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४ औँ महाधिवेशनमा जिल्लाबाट ५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

National Life

चौधौँ महाधिवेशनबाट कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ, तत्कालिन संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, नेता दिनेश कोइराला र शान्ति परियार विक निर्वाचित भएका छन् । महाधिवेशनमा जिल्लाबाट १३ जनाले केन्द्रमा उम्मेदवारी दिएका थिए ।


कांग्रेसको राजनीतिमा पाँच पटकसम्म चितवनको सभापति भएर काम गरेका गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया