• ४ असोज २०८३, आइतबार
  • ३ः२५ दिउँसो

नेपाल लाइफ इन्स्योरेन्सद्वारा देशकै नं. १ बीमा कम्पनी भएको दावी

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०२:२७

नेपालकै नं. १ अभियान सार्वजनिक

National Life

६ पुस २०७८, काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै नं. १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो ।


कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सुचांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वकाबारेमा सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गते देखि “नेपालकै नं. १”अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताएका छन् । अभियानमार्फत कम्पनीलाई यस उचाईँ सम्म पु-याउन उल्लेख्य सहयोग तथा सहकार्य पु-याएका शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत प्रत्यक्ष/परोक्षरुपमा भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिएका छन् ।


“हामी समग्र जनता माझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ । जीवन बीमाले आफू लगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानुन् र यसलाई विकल्प भन्दापनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो”, नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने, “स्थापना कालदेखि आजका मितिसम्म आई पुग्दा तपाईहरुको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं. १ जीवन बीमा कम्पनीका रुपमा स्थापित हुन सफल भएका छौँ । त्यसैले, यसका लागि हामी हाम्रा समस्त आदर्णिय ग्राहक महानुभाव, शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत समग्र सरोकारवालाहरु प्रति कृतज्ञता ज्ञापन गर्न चाहेको पनि बताएका छन् ।


कम्पनीको सफलताका बारेमा तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै जनता माझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ पुष ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस “नेपालकै नं. १” अभियान मार्फत नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास रहेको पनि बताएका छन् । साथै योजना मार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए ।

प्रतिकृया