• ४ असोज २०८३, आइतबार
  • ८ः०० राती

सन् २०१९ पछि जापानमा पहिलोपल्ट तीन जनालाई मृत्युदण्ड

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०१:२८

६ पुस २०७८, काठमाडौं:  जापानमा गम्भीर अपराधमा जेल सजाय भोगिरहेका तीन जनालाई मृत्युदण्ड दिइएको छ । स्थानीय संचार माध्यमका अनुसार सन् २०१९ डिसेम्बर यताकै यो पहिलो मृत्युदण्ड हो ।

National Life

विश्वकै सर्वाधिक धनी देशहरुमध्ये जापानमा अझै पनि व्यक्तिलाई मृत्युदण्ड दिने प्रचलन कायम छ । कानुन मन्त्रालयको स्रोतलाई उल्लेख गर्दै जापानी संचार माध्यमले तीन जनालाई मृत्युदण्ड दिइएको बताएका छन् ।


जापानमा एक सय भन्दा बढी व्यक्ति मृत्युदण्डको सजायको पर्खाइमा रहेको बताइएको छ । अन्तर्राष्ट्रिय स्तरबाट मृत्युदण्डका बारेमा तिखो आलोचना भइरहे पनि जापान भित्रै भने आमजनमत भने मृत्युदण्डको पक्षमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि सन् २०१९ मा पनि तीन जनालाई मृत्युदण्ड दिइएको थियो भने सन् २०१८ मा १५ जनाले यस्तो सजाय पाएका थिए जसमा सन् १९९५ को ग्यास आक्रमणका १३ जना दोषी पनि थिए ।


जापानमा लामो कानुनी सुनुवाई पश्चात मृत्युदण्ड दिने प्रचलन रहेको र मृत्युदण्ड दिँदा झुण्ड्याएर सजाय दिने गरिएको छ । एएफपी

प्रतिकृया