• ४ असोज २०८३, आइतबार
  • ११ः२९ राती

कांग्रेसको सह–महामन्त्रीमा मीन विश्वकर्माद्वारा उम्मेदवारी घोषणा

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०४:०३

२३ मंसिर २०७८ , काठमाडौं : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले १४औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

National Life

‘मैले सभापतिज्यूलाई भेटेर सहमहामन्त्रीमा उठ्छु भनिसकेको छु, सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले मैले अहिले तपाईहरूमाझ आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ।’ उनले काँग्रेस नै सबैभन्दा पहिलो र ठूलो समावेशी पार्टी भएको दाबी गरे । ‘काँग्रेस जन्मिदैदेखि समावेशितालाई जोड दिएको थियो, दलित समुदायको लागि मात्रै होइन, समग्र समावेशी समूहकालागि कांग्रेस नेतृत्वका सरकारले धेरै काम गरेका छन्,’ उनले भने, ‘अहिलेको समावेशी संविधान जारी गर्ने कुरामा पनि काँग्रेसको अमूल्य योगदान छ।’


उनले बीपीले विवेकबाट सुरू गरेको समावेशीकरणलाई वर्तमान सभापति शेरबहादुर देउवाले विधानमार्फत कार्यान्वयनमा लगेको बताए । ‘काँग्रेसको संगठन विस्तार हुदै गर्दा त्यो बेला समावेशी विधान थिएन, संविधान पनि थिएन, तर वीपीले काँग्रेसलाई समोवशी बनाउनुभएको थियो,’ उनले भने, ‘अहिले संविधानमात्रै होइन, कांग्रेसको विधान पनि समावेशी छ । र, काँग्रेस पनि समावेशी छ, त्यहीकारण मैले सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका उनी १२ औँ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । नेपाल दलित संघको केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य समेत रहेका विश्वकर्मा पूर्व बाणिज्यमन्त्री र संविधानसभा सदस्य समेत हुन् ।

प्रतिकृया