• ५ असोज २०८३, सोमबार
  • १०ः५८ बिहान

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेण्डा

प्रकाशित मिति

२०७८ कार्तिक २७ गते, शनिबार ०९:२३

२७ कार्तिक, २०७८ काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । आइतबारसम्म चल्ने बैठकका एजेण्डा शुक्रबार नै तय भइसकेका छन् । उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट मन्त्री बनेकासँग जानकारी लिइने छ ।

National Life

त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ । आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ ।


शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया