• ५ असोज २०८३, सोमबार
  • ९ः०७ बिहान

एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोले : ओली

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ०२:१०

२२ कार्तिक, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताएका छन् ।

National Life

सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ,’ अध्यक्ष ओलीले भने, ‘दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’


केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर दिइसकेको बताएका थिए । तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको दावी गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया