• 6:59 pm

‘सिंघम ३’मा देखिनेछन् ‘सिम्बा र सूर्यवंशी’

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ०२:१५

२२ कार्तिक, २०७८ काठमाडौँ : निर्देशक रोहित सेट्ठीले बलिउडलाई चलायमान बनाइदिएका छन् । तिहारमा रिलिज भएको रोहित निर्देशित चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिस चलायमान बनाएको छ । यो चलचित्रसँगै रोहित नयाँ चलचित्रको निर्देशनमा व्यस्त हुनेछन् । ‘सूर्यवंशी’मा रोहितले ‘सिंघम ३’ बन्न लागेको जानकारी दिएका थिए । यो चलचित्रले भारत र पाकिस्तानको सिमानाको कथा भन्नेछ ।


यो चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र सन् २०२२ को स्वतन्त्रता दिवसमा रिलिज हुनेछ । रोहित र अजयको हिट सिरिजमा नायकद्वय अक्षय कुमार र रणवीर सिंहको पनि भूमिका रहने भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार यो चलचित्रको क्लाइमेक्समा अक्षय र रणवीरलाई दर्शकले हेर्न पाउनेछन् । दर्शकले चलचित्र ‘सूर्यवंशी’को क्लाइमेक्समा रणवीर र अजयको एक्सन हेर्न पाएका थिए ।


रोहित प्रहरीको कथामा चलचित्र बनाउन माहिर मानिन्छन् । उनले अजयसँग बनाएको ‘सिंघम’, रणवीरसँग बनाएको ‘सिम्बा’ र अक्षयसँग बनाएको ‘सूर्यवंशी’ बक्स अफिसमा सफल भइसकेका छन् ।

प्रतिकृया