• 7:28 pm

धादिङमा करेन्ट लागेर २ जनाको मृत्यु

प्रकाशित मिति

August 31, 2021

१५ भाद्र, २०७८ धादिङ : गजुरी गाउँपालिका-५ धारापानीस्थित बिद्युतको पोलमा एनसेल कम्पनीको फाइबर मर्मत गर्नका लागि भर्‍याङ लगाउने क्रममा करेन्ट लागेर २ जनाको सोमबार बिहान मृत्यु भएको छ ।


मृत्यु हुनेहरुमा स्याङ्जा घर भएका २६ वर्षीय बिमल परियार र कास्की पोखरा बस्ने २५ वर्षीय उमाकान्त बराल रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


साथै करेन्ट लागेर घाइते भएका कास्की पोखरा बस्ने २३ वर्षीय भुवन बराललाई गजुरी अस्पताल हुँदै थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिकृया