• ३ असोज २०८३, शनिबार
  • ५ः१५ बेलुका

कार्यकर्तालाई युवराज ज्ञवालीको चेतावनी– केपी ओलीलाई दोष दिएर तपाईंहरुले छुट पाउनुहुन्न

प्रकाशित मिति

२०७८ भाद्र १५ गते, मंगलवार १०:४१

१५ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले पार्टीका अगुवा कार्यकर्तालाई सचेत तुल्याउँदै केपी ओलीलाई दोष दिएरमात्र कसैले छुट नपाउने बताएका छन् । मंगलबार सुर्खेतमा एमालेको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका कार्यकर्तालाई आवेग, उत्तेजना फैलाएर बोल्ने र त्यस्तो व्यवहार गर्ने काम बन्द गर्न आग्रह गरे ।

National Life

‘जनताप्रति उत्तरदायी बनौँ, विवेक पु-याएर, संयम भएर, धैर्यका साथ बोल्नुपर्छ,’ उनले भने, ‘रिस उठ्यो भन्दैमा जे मन लाग्यो त्यो गर्नु हुँदैन । जिम्मेवार मान्छेले जिम्मेवार व्यवहार गर्नुपर्छ । व्यवहार र बोलीवचन जिम्मेवार हुनुपर्छ ।’ घृणाको संस्कृति फैलाएर कसैलाई गाली गलौज गरेको जनताले मन नपराउने पनि उनले प्रस्ट पारे । विकास निर्माणको काम कसले कसरी गर्छ भन्ने हेरेर नै जनताले आउने चुनावमा फैसला गर्ने उनको भनाइ थियो ।


‘एमालेलाई मात्र, केपी ओलीलाई मात्र दोष दिएर तपाईहरुले छुट पाउनुहुन्न,’ उनले भने, ‘काम गर्दा कमजोरी हुन सक्छ, खराब हुन सक्छ, तर त्यसको अर्थ पार्टी नै काम लाग्दैन भन्ने अर्थ निकाल्नु र त्यो अर्थमा पार्टी नै विभाजन गर्नु धेरै दुर्भाग्यपूर्ण काम हो, यो गलत बाटो हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

सबै राजनीतिक दल मिलेर यो संविधान बनाएको चर्चा गर्दै उनले संविधान जोगाउनु, लोकतन्त्र जोगाउनु सबैको दायित्व भएको बताए । उनले नेपाली जनताको बीचमा घृणा फैलाउने, द्वन्द्व बढाउने काम नगर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिकृया