• ५ असोज २०८३, सोमबार
  • १२ः१६ राती

ब्राउनसुगर सहित सुनसरीबाट ५ जना पक्राउ

प्रकाशित मिति

२०७८ भाद्र ८ गते, मंगलवार ११:५३

८ भाद्र, २०७८ काठमाडौँ : सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले लागु औषध ‘ब्राउनसुगर’ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–६ घर भएका पुरुषोत्तम मेहता, विशाल बस्नेत, बराहक्षेत्र–९ घर भएका पाथे चन्द्रवंशी, जयन्त माइला र भारतिय नागरिक रुद्रनारायण कुमार यादव छन् ।

National Life

प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बाङ्गे नडाह सडकमा प्र–१–०२–०४४ प ४५५६ र प्र–१–०२–०४२ प ४२२९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पुरुषोतम मेहताको साथमा ७ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । मेहतासँगै पक्राउ परेकाहरुको बयानका आधारमा भारतिय नागरिक रुद्रनारायण कुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


२५ वर्षीय रुद्रनारायणको साथबाट बरामद गरेको ५२ ग्राम सहित सो समूहबाट प्रहरीले कुल ७६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया