• 10:52 pm

बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

प्रकाशित मिति

August 22, 2021

६ भाद्र, २०७८ काठमाडौँ : बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका -१६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैनादेवी साह रहेका छन् । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया