• ४ असोज २०८३, आइतबार
  • १२ः१४ राती

लुम्बिनीमा मुख्यमन्त्री केसी नेतृत्वको सरकारमा बन्दैछन् यी मन्त्री

प्रकाशित मिति

२०७८ श्रावण २८ गते, बिहीबार ०४:५१

२८ साउन, २०७८ काठमाडौँ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका ३ दलबाट ५ जना मन्त्री बन्ने भएका छन्। कांग्रेसका डिल्ली चौधरी, माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बन्ने पक्का भएको माओवादी नेता सुदर्शन बरालले जानकारी दिए।

National Life

यस्तै जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बन्ने भएका छन्। यस्तै स्वतन्त्र सांसद अजय शाही पनि मन्त्री बन्ने भएका छन्। चौधरी ग्रामीण तथा शहरी विकास, यादव भौतिक पूर्वाधारमन्त्री हुँदैछन्। अरू भने विना विभागीय हुन्। मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भइसकेका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।


प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरे। नवनियुक्त मुख्यमन्त्रीको आजै केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम हुँदैछ। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर सरकारका लागि दाबी गर्न आह्वान गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।

प्रतिकृया