• 4:11 am

मेगा बैंकको नयाँ शाखा बाराको जीतपुरमा

प्रकाशित मिति

August 6, 2021

२२ साउन, २०७८ काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ। प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको १ सय ८५ औं शाखा हो ।


मेगा बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिकृया