धादिङमा भेरोसेल खोपको दोस्रो डोज २७ र २८ गते दिइने
प्रकाशित मिति
२०७८ श्रावण २२ गते, शुक्रबार १०:४३
पवित्रा थापा मगर
२२ साउन, २०७८ धादिङ : धादिङमा भेरोसेल खोपको दोस्रो डोज २७ र २८ गते लगाईने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समुहलाई साउन ४ र ५ गते कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई २७ र २८ गते दोस्रो डोज लगाईने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

पूर्ववत् सञ्चालन भएका कोभिड खोप केन्द्रहरुबाट खोप लगाउन जिल्लाका सबै खोप केन्द्रहरुलाई स्वास्थ्य कार्यालय धादिङले आग्रह गरेको छ । यस्तै खोप लगाउन आउने व्यक्तिले भेरोसिलको पहिलो मात्रा लगाएको एकिन गरि दोस्रो मात्रा दिन र खोप लगाउने स्थानमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह समेत गरेका छन् । यस अभियानमा कुनैपनि समुहका लक्षित व्यक्तिहरुलाई पहिलो मात्राको खोप नदिइने र पहिलो मात्रा लिन बाँकी रहेका लक्षित व्यक्तिहरुलाई अर्कौ अभियानमा व्यवस्थापना हुने स्वास्थ्य कार्यलय धादिङका निमित्त स्वास्थ्य प्रमुख श्याम प्रसाद पोखरेलले बताएका छन् ।

जिल्लामा प्राप्त ३५ हजार भेरोसेल खोपमध्ये २६ हजार ५ सय ५६ जनाले पहिलो डोज लगाएका छन् भने ४ हजार ६ सय ८४ जनाले दोस्रो डोज लगाइसकेका छन् ।





प्रतिकृया