• ५ असोज २०८३, सोमबार
  • १०ः२८ बिहान

शान्ति सेनामा नेपाली महिला सैनिकको संख्या २९४ पुग्यो

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार ०३:१७

४ साउन, २०७८ काठमाडौँ : राष्ट्रसंघको आह्वानमा नेपालले शान्ति सेनामा पठाएका सेनामा महिला सिपाहीको संख्या २९४ पुगेको छ । कूल ५५७१ जना सैनिकमध्ये महीलाको संख्या उल्लेखनीयरुपमा वृद्धि भएको नेपालस्थित राष्ट्रसंघीय नियोगले जनाएको छ ।

National Life

नियोगले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल शान्ति सेनामा सैनिक योगदान गर्ने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको जनाएको छ । १२१ देशमध्ये नेपाल दोसो स्थानमा अटाएको हो । नेपालभन्दा अगाडि रहेको बंगलादेशको शान्ति सेना संख्या ६ हजार ५५४ छ ।


नेपाली सेनाका अहिले विश्वका विभिन्न १२ स्थानमा शान्ति सेना खटिएका छन् । नेपालले शान्ति सेनामा सहभागिता जनाएको ६३ वर्ष भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया