• ४ असोज २०८३, आइतबार
  • १ः३७ राती

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५

प्रकाशित मिति

२०७८ श्रावण ३ गते, आईतवार १०:१४

३ साउन, २०७८ काठमाडौँ :प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभामा भर्खरै सकिएको मतदनमा देउवाले २७१ सांसद मध्ये १६५ जनाको मत पाएका छन्।

National Life

विपक्षमा ८३ मत र तटस्थमा एक मत परेको छ।


मतदानमा २४९ जना सांसद मतदानमा उपस्थित थिए।

Classic Tech Mobile
Classic Tech Desktop

असार २९ गते सर्वोच्चको आदेशअनुसार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले पुनस्थाति संसदको पहिलो बैठकमै विश्वासको मत लिएका हुन्।


देउवाको पक्षमा कांग्रेसक, माओवादी केन्द्र र जसपाका सांसदले मतदान गरेका छन्। भने एमालेको माधव नेपाल पक्ष एवं ओली खेमामा खुल्दै आएका आठ जना सांसदले समेत देउवालाई विश्वासको मत दिएका छन्।

प्रतिकृया