• ३ असोज २०८३, शनिबार
  • ७ः१५ बेलुका

नयाँ पार्टी दर्ता गर्दिनँ, पार्टीभित्र विद्रोही बनिरहन्छुः नेपाल

प्रकाशित मिति

२०७८ असार १२ गते, शनिबार ०४:२३

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अलग्गै पार्टी दर्ता गर्ने तयारीमा नरहेको र पार्टीभित्रै विद्रोहीको रुपमा बस्ने बताएका छन्। बानेश्वरस्थित संसद भवनमा पत्रकारसँगको अन्तरक्रियामा उनले आफ्ना पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध विद्रोहीको रुपमा प्रस्तुत भइरहने दाबी गरे।

National Life

उनले भने, ‘केपी ओलीलाई सत्ता बाहेक अरु केही पनि चाँहिदैन । बरु आफू बस्न नपाएको कुर्सी भाँचिदिन तयार हुनुहुन्छ।’ नेपालले नेकपा रहँदा प्रचण्ड र आफूलाई जुधाउन ओलीले अनेक चालबाजी गरेको आरोप लगाए। हाल आएर संविधान, प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि आफू विपक्षीसँग उभिएको स्पष्टीकरण दिएका छन्।


ओलीले ‘कार्स करेक्सन’ गरेमा वा बुद्ध भएर निस्केमा उनीलाई आफूहरुले स्वीकार गर्ने बताए। तर अझै पनि ओली सुध्रिनेमा आफूलाई विश्वास नभएको नेपालको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया