• 11:51 am

राणालाई उपरथीको दर्ज्यानी प्रदान

प्रकाशित मिति

२०७८ असार ११ गते, शुक्रबार ०७:११

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा हुनुभएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित विशेष कार्यक्रममा पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रतिकृया