• 1:51 pm

यस्ता छन् नियमित योग गर्नुका फाइदा

प्रकाशित मिति

June 24, 2021

काठमाडौँ : आज अन्तर्राष्ट्रिय योग दिवस । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।


संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकौं रोगका बिरामीको संख्या बढ्दो छ । हामीले दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ ।


दैनिक योग गर्नुका फाइदाः

– मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ ।

-शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्छ ।

-पाचन क्षमता बढाउँछ ।

-शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ ।

-मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएको खण्डमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्छ ।

-शरीरको जोर्नीहरुलाई खुकुलो बनाउँछ । जसले गर्दा शरीरमा यूरिकेसिड, बाथजस्ता रोगहरुलाई नियन्त्रण गर्छ । समग्रमा भन्नु पर्दा रोग नलाग्नको लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

-शरीरलाई स्वास्थ राख्न र आयू लम्ब्याउने काम योगले गर्छ ।

प्रतिकृया