• ४ असोज २०८३, आइतबार
  • १०ः०२ राती

कांग्रेसका थप क्रियाशील सदस्यताको विवरण सार्वजनिक

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०६:५५

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ । कांग्रेसले विधानको प्रक्रियानुसार विवादरहित रुपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’ गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवरण आज पार्टीको वेबसाइट नेपाली कंग्रेस डट ओरजी मार्फत सार्वजनिक गरिएको हो ।

National Life

यसअघि गत वैशाखमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण मात्रको प्रस्तावित विवरण सार्वजनिक गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।


सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले यही जेठ २२ गतेभित्र लिखित उजूरी गुनासो पठाउन सक्ने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजूरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुने समितिले जनाएको छ । साथै कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।


क्रियाशील सदस्यतासम्बन्धी प्रक्रिया पुर्‍याइ सफ्टवेयरमा नामावली इन्ट्री गर्दागर्दै इन्ट्री गर्न छुट भएकाले थप समय उपलब्ध गराइपाऊँ भनी समितिमा अनुरोध गर्ने केही जिल्ला र क्षेत्रीय समितिलाई यही जेठ २५ गतेसम्मको थप समय दिइएको छ ।

प्रतिकृया