• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

प्रधानमन्त्री हाम्रो माग सम्बोधन गर्न सकारात्मक र गम्भीर : महन्थ ठाकुर

प्रकाशित मिति

२०७७ चैत्र १३ गते, शुक्रबार ०१:५६

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओली आफुहरुको मागप्रति सकारात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । शुक्रबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले मधेशको मुद्दामा प्रधानमन्त्री ओली सकारात्मक र गम्भीर रहेको बताएका हन् ।

अध्यक्ष ठाकुरले मधेस आन्दोलनताका कतिपय मुद्दाहरु जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा रहेकाले यस विषयमा महान्यायधिवक्ताको कार्यालयसँग राय मागेको बताए । प्रधानमन्त्री ओली आफुहरुको माग प्रति गम्भीर रहेकाले मुद्दाका विभिन्न कार्यहरुलाई आन्तरिकरुपमा अगाडि बढाएको समेत बताए । प्रधानमन्त्री ओलीसँग पटक–पटक भएको वार्ता सकारात्मक रहेकोले आफुहरुको माग छिट्टै नै सम्बोधन हुनेमा विश्वस्त रहेको उनले बताए ।

Kamana Sewa

उनले अहिले विवाद भन्दा पनि छलफल र संवाद अघि बढिरहेको बताउँदै उनले नेकपा एमालेभित्रको किचलोको कारण मुलुक अनिर्णयको बन्दी बन्दै गएको आरोप समेत लगाए ।

Classic Tech Desktop

प्रतिकृया