• ३ असोज २०८३, शनिबार
  • ६ः४० बेलुका

राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार ०८:२४

काठमाडौ:  नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अहिले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्छन् भन्ने काँग्रेसले विश्वास गरेको बताएका छन्। ‘आफैंले भंग गरेको संसद सर्वोच्चले स्थापना गरिदिएपछि प्रधानमन्त्री जवाफदेही बन्नु पर्दैन,’ नेता खाणले भने, ‘आफैंले भंग गरेको संसदमा कसरी अध्यादेश ल्याउने, कसरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कसरी बजेट ल्याउने। अहिले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहोला भन्ने विश्वास छ।’

National Life

शनिबार प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खाणले प्रधानमन्त्रीले मार्गप्रशस्त गरेपछि कोर्स करेक्सन भएर जाने र नगरे प्रधानमन्त्री थप नांगिएर जाने चेतावनी दिए।

सरकारको नेतृत्व लिनेबारे काँग्रेसले उचित समयमा उचित निर्णय गर्ने बताउँदै नेता खाणले प्रधानमन्त्री समेत रहेका केपी ओलीले नेकपा एमालेका माधवकुमार नेपाल लगायतका नेताहरूलाई पदबाट हटाएको हुँदा अझै राजनीतिक परिदृश्य क्लियर भइनसकेको बताए । त्यसलै काँग्रेस थप प्रतिक्षारत रहेको उनको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया