• १० असोज २०८३, शनिबार
  • ५ः५४ बिहान

केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएः बाबुराम भट्टराई

प्रकाशित मिति

२०७७ पुष १९ गते, आईतवार ०८:३९

काठमाडौंः पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो राजनीतिक घटनाक्रमलाई टिप्पणी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लगाइएको टिप्पणी गरेका छन् ।

National Life

सामाजिक संजालमा आफ्ना अभिब्यक्ति व्यक्त गर्दै डा. भट्टराईले जिन्दगीभरको मेहनतले ुसंघीय लोकतान्त्रिक गणतन्त्रु को घर बनाइएको बताउदै तर केहि कुपुत्र, कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको टिप्पणी गरेका हुन् ।

साथै उनले उनले केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिदैछन् भन्दै छिमेकी समेत रमिते बनेको समेत बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले लेखेका छन्, ‘एक आर्किटेक्टको अनुभूतिस् जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्ररकुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए ! केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन् । छिमेकी रमिते ! ळौन आगो निभाऊॅ !’

प्रतिकृया