• १८:०२ २०८० चैत्र १६ गते
  • 6:02 pm

यौन सम्पर्क गरिरहँदाको अवस्थाको झिंगाको अवशेष मणिभित्र

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०१:२०

amber

एजेन्सी,   रोमियो जुलियटको अनौठौँ प्रेम कहानी जस्तै झिंगाको यौन जिवावशेष चार करोड १० लाख पूरानो तृणमणीमा वैज्ञानिकहरुले फेला पारेका छन् । यौन सम्पर्कको क्रममा रुखको रालले उनीहरुको महत्वपूर्ण क्षणलाई विगारी उनीहरुलाई चार करोड १० लाख वर्ष पुरानो तृणमणीसित जोडिन् पुगेको विज्ञहरुले आँकलन गरेको छ ।

तृणमणीको विषयमा व्याख्या गर्दे पेपर पब्लिस गरिएको साइन्टिफक रिपोर्ट अनुसार त्यस तृणमणीमा कमिला, झिंगा र अन्य साना किराहरु समावेश भएको जनाइएको छ । तृणमणी विशेष गरी उत्तर गोलार्धमा पाइन्छ । म्यानमारमा तृणमणी केहीमात्रामा देखिने गर्दछ । जहाँ थुप्रै प्रकारका जिवावशेष पाइन्छ ।

भेट्टिएको तृणमणी र जिवावशेष अत्याधिक पुरानो रहेको पत्ता लागेको छ । यो करिब २३ करोड वर्ष पुरानो रहेको जनाइएको छ । वैजानिकका टोलीले अनुसन्धानको क्रममा सानो जनावर, बोट बिरुवा र माइक्रोबसहितको हजारौँ तृणमणी फेला पारेका हुन् । तृणमणीहरु अत्याधिक मूल्यवान हुन्छ किनकी यो थ्री डि प्वाइन्टको दृश्य झल्काउने गर्दछ । त्यसमा पौराणिककालको अमूल्य डायनोसोरको पखेटा, माकुराका जालो समेत पाईने गरेको छ । यस्ता प्रकारको पौराणिक जनावरहरुका जिवावशेष भएको तृणमणी अस्ट्रेलियामा पाइएको वैज्ञानिक प्रमुखले विज्ञप्ति मार्फत जानकारी गराएका हुन् ।

सानो झिंगाहरु तृणमणीको फन्दामा झुकिएर पर्ने विनकनसिन कलेजका प्रध्यापकले न्यू योर्क टाइम्सलाई जनाकारी दिएका थिए । उनीहरु यौन सम्पर्क गर्ने क्रममा झुकिएको जनाइएको छ । यस्ता विभिन्न प्रकारका तृणमणीहरुमा रहेको साना किरा, जनावरलाई पत्ता लगाउँदै निरन्तर खोजी जारी राखेको र पत्ता लागेको क्रममा यसलाई सार्वजनिक गरिने छ ।-Photo: Agency

प्रतिकृया