• ६ असोज २०८३, मंगलबार
  • ४ः१० बिहान

डिल्लीबहादुर चन्दलाई तत्काल रिहाइ गर: कांग्रेस

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०५:०९

काठमाडौंः नेपाली कांग्रेसले आफ्ना पार्टी सदस्य डिल्लीबहादुर चन्दलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याएकोमा विरोध गरेको छ।

National Life

नेकपा नेता महेश बस्नेत र पूर्वआइजिपी सर्वेन्द्र खनाललाई आठ महिनाअघि सामाजिक सञ्जालमा गाली गलौच गर्दै स्टाटस लेखेको आरोप लागेका उनलाई महेश बस्नेतले पक्राउ गर्न आदेश दिएको आरोप लागेको छ ।

यहि प्रकरणलाई लिएर प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै चन्दलाई तत्काल रिहाइ गर्न माग गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्,’ उनले भने।

डिल्लीको लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था रहेको शर्माको भनाइ छ।

पूर्वप्रहरी समेत रहेका चन्द एक निजी क्षेत्रको कार्यालयमा सुरक्षा गार्डका रूपमा काम गर्छन्।

प्रतिकृया