• १० असोज २०८३, शनिबार
  • १२ः०३ राती

बामदेव गौतमबिरुद्धको मुद्दा आज पनि पेसीबाटै स्थगित

प्रकाशित मिति

२०७७ आश्विन २८ गते, बुधबार ११:१९

काठमाडौं, नेकपाका उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दा आज पनि संवैधानिक इजलासको पेसीमा चढ्न सकेन । आज २८ गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोकेका छन् ।

National Life

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश ज.ब.रा.ले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए । स्रोतका अनुसार यसअघि संवैधानिक इजलासका एक सदस्य ईश्वर खतिवडा ‘आइसोलेशन’ मा  बसेको कारण देखाउादै गौतमको मुद्दा पेसीबाट हटाइएको थियो । तर, आज उनै खतिवडाको नेतृत्वमा संयुक्त इजलास तोकिएको छ । यद्यपि गौतमको हेर्दाहेर्दैको मुद्दाको संवैधानिक इजलास भने स्थगित गरिएको छ । उच्च स्रोतका अनुसार प्रधान न्यायाधीश ज.ब.रा. सरकारी निवास बालुवाटारबाट सर्वोच्च अदालत आएका छैनन । र उनले मुख्य रजिष्ट्रार लगायतसाग सम्पर्क पनि गरेका छैनन ।

राजनीतिक चलखेलले गौतमको मुद्दा संवैधाननिक इजलासको पेसीमा चढ्न नसकेको एक जना वरिष्ठ अधिवक्ता रातोपाटीलाई बताउँछन् । भन्छन्, ‘यो मुद्दामा धेरे ठूलो राजनीतिक चलखेल भइरहेको छ । त्यसैले पेसी स्थगित गरेको बुझिएको छ । गौतम पक्षका कानुन व्यवसायी अधिवक्ता सुरेन्द्र थापाका अनुसार पर्सी ३० गते शुक्रबार पनि संवैधानिक इजलास तोकिने सम्भावना छैन । किनभने त्यस दिनबाट कात्र्तिक १५ गतेसम्म अदालत बन्द हुन्छ । ‘अब दशैंपछि कात्तिक १७ गते वा १९ गते गौतमको मुद्दाको संवैधानिक इजलास तोकिन सक्छ,’  अधिवक्ता थापा भन्छन् ‘त्यसअघि उपाध्यक्ष गौतमको मुद्दा पेसीमा चढ्ने सम्भावना छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया