• ९ असोज २०८३, शुक्रबार
  • १०ः२९ राती

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चत केन्द्रीय सदस्यहरुमा कोरोना पुष्टिपछि

प्रकाशित मिति

२०७७ आश्विन १८ गते, आईतवार १०:१५

काठमाडौं, संगठनका चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएपछि नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चत भएको छ ।

National Life

शनिबार नेपाली कांग्रेसका चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो भने अझै केहिको रिपोर्ट आउँन बाँकि छ ।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएपछि सबैको रिपोर्ट नआउन्जेल बैठक स्थिगित भएको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कांग्रेसले अहिले विहान बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक स्थगित गर्ने निर्णय गरिसकेको छ ।

कांग्रेसले १४ औं महाधिवेशन लगायत एजेन्डाका बारेमा छलफल गर्न दुई सय ५० जनाको स्वाव परिक्षण गराइएको थियो ।

प्रतिकृया