• ४ असोज २०८३, आइतबार
  • १२ः५३ राती

भ्रष्टाचार गरेको अभियोगमा सेनाका सहायक रथीसहित ३ जना बर्खास्त

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार ०७:१२

काठमाडौं, नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा सहायक रथीसहित तीन जनालाई बर्खास्त गरेको छ ।

National Life

आइतवार बसेको जनरल सैनिक अदालतले भ्रष्टाचार अभियोगमा सहायक रथी प्रयोग जंगबहादुर राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको हो ।

भविष्यमा सैनिक सेवाका लागि अयोग्य हुने गरेर बर्खास्त गर्ने निर्णय गरेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सहायकरथी राणालाई १ करोड ७२ लाख जरिवाना गर्ने निर्णयसमेत सैनिक अदालतले गरेको छ ।

नेपाली सेनाको विज्ञप्तिमा जनाइएअनुसार सैनिक अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने गरी फैसला भएको गरिएको हो ।

प्रतिकृया