• ३ असोज २०८३, शनिबार
  • ७ः३२ बेलुका

रक्सी नपाएपछि पानीमा सेनिटाइजर मिसाएर खाने १० जनाको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण १७ गते, शनिबार ०९:४९

 

National Life

एजेन्सी । भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा कम्तीमा १० जनाको ज्यान गएको छ।

लकडाउनका बेला रक्सी पसल बन्द रहँदा लत लागेका व्यक्तिले रक्सीमा आधारित सेनिटाइजर खाएको र त्यसकै कारण कम्तीमा १० जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना भाइरसका संक्रमितहरु बढेपछि आन्ध्र प्रदेशको कुरिचेदू गाउँमा लकडाउन लागु गरिएको थियो।

सो गाउँमा व्यक्तिले रक्सी नपाउँदा सहज रुपमा पाइने रक्सीमा आधारित सेनिटाइजरलाई पानी र अरु पेय पदार्थमा मिसाएर खाएको स्थानीय प्रहरी प्रमुख शिद्धार्थ कौशलले बताएको बिबिसीले उल्लेख गरेको छ।

झण्डै १० दिनसम्म सेनिटाइजर खाएपछि उनीहरुको मृत्यु भएको प्रहरी अधिकारी कौशलले बताए।

सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो या थिएन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसका लागि सेनिटाइजरको नमूना परीक्षणका लागि पठाइएको छ।

भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्दो क्रममा रहे पनि केन्द्र सरकारले लकडाउन खुलाएको छ। तर केही स्थानीय तहले लकडाउन कायम राखेका छन् ।

प्रतिकृया