• ५ असोज २०८३, सोमबार
  • १ः५४ राती

६ हजार ३०४ को पीसीआर परीक्षण गर्दा २७४ मा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण १५ गते, बिहीबार ०४:५२

काठमाडौ, नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ।आज ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

National Life

बिहीवार ३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु भएकाको संख्या ५२ पुगेको छ।

प्रतिकृया