• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार १२:०६

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन र पछिल्लो राजनीतिक घटनाक्रमबारे निर्णय लिन दिउँसो दुई बजे सानेपामा बैठक बस्न लागेको हो ।

कोभिड १९ का कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएपछि नयाँ तालिका सार्वजनिक गर्न केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

Kamana Sewa

केन्द्रीय महाधिवेशनको अन्तिम मितिमा फरक नपर्ने गरि कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । १४ औं महाधिवेशनका लागि फागुन ७ देखि १० सम्मको समय तोकिएको छ ।

Classic Tech Desktop

मंगलबारको केन्द्रीय समिति बैठकमा प्रस्तावित परिमार्जित कार्यतालिका केही संशोधन गरि आजको बैठकले पास गर्ने तयारी छ । बैठकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ताको विषयमा पनि जानकारी लिने तयारी रहेको बुझिइएको छ ।

असार १७ मा प्रधानमन्त्री ओलीसँगको भेटमा भएका विषय बैठकमा देउवाले जानकारी गराउनेसमेत बुझिइएको छ।

संवैधानिक निकायमा नियुक्तिका विषयमा छलफल गर्न देउवालाई बोलाइएको बताइए पनि सत्तारुढ दल नेकपाभित्र गहिरिएको संकटकै बीचमा पार्टी भएको भेटघाटले पार्टीभित्र र बाहिर संशय पैदा भएपपछि देउवाले बैठकलाई जानकारी गराउनत लाग्नु भएको हो ।

यस्तै सरकारको कार्यशैलीविरुद्ध प्रश्न उठाउँदै आएको कांग्रेसले सडक संघर्षका कार्यक्रम घोषणा गर्ने बुझिएको छ । सरकारले सदन अकस्मात अन्त्य गरेको गरेको विषयमा समेत बैठकमा छलफल हुनेछ ।

प्रतिकृया