• ५ असोज २०८३, सोमबार
  • ११ः३४ राती

लकडाउनको कारण देखाएर घरेलु हिंसाविरुद्धको कारबाहीको प्रक्रिया नरोक्न आदेश

प्रकाशित मिति

२०७७ जेष्ठ २८ गते, बुधबार ०९:१६

 

National Life

काठमाडौं । लकडाउनको कारण देखाएर घरेलु हिंसाविरुद्धको उजुरी नलिने कार्य नगर्न र कारबाहीको प्रक्रिया नरोक्न मंगलबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले त्यस्ता विषयमा मुद्दा ल्याएमा तत्काल दर्ता गरी कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइहाल्न पनि सबै जिल्ला अदालतलाई अन्तरिम आदेश दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लकडाउनको समयमा उल्लेख्य मात्रामा घरेलु हिंसा भएको जनाउँदै अधिवक्ताद्वय रोशनी पौडेल तथा सरोजकृष्ण घिमिरेद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा यति बेला महिलाको प्रजनन स्वास्थ्यको पनि सम्बोधन हुन नसकेको दाबी गरिएको थियो ।

सर्वोच्चले राष्ट्रिय महिला आयोगमा ११४५ नम्बरको हेल्पलाइन हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको उल्लेख त्यसमा किन त्यसो भएको हो अनुसन्धान गर्न र महिला मन्त्रालयलमा उजुरी सुन्नका लागि हेल्प लाइनको ब्यवस्था गर्न पनि आदेश दिएको छ ।

आदेशमा भनिएको छ– ‘नेपालको संविधानको धारा ३८ ९२० ले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई महिलाको हकका रूपमा प्रत्याभूत गरेको छ । यो हकको प्रचलन सहजरूपमा हुनुपर्छ र कुनै पनि हालतमा रोकिनुहुँदैन ।

गर्भवती महिलाहरूको समय–समयमा गरिनुपर्ने स्वास्थ्य परीक्षण र उनीहरू तथा नाबालक, शिशु, बालबालिकाले लिनुपर्ने खोप तथा सुईहरू प्राप्त गर्ने कुरालाई कुनै पनि रूपमा प्रभावित हुन नदिनू ।’

महामारीबाट महिला र विशेषत सुत्केरी, गर्भिणी वा स–साना बालबालिकासहितका महिला, वृद्ध तथा अस्वस्थ्य अवस्थामा रहेका व्यक्तिहरूको विशेषरूपमा रक्षा गर्नुपर्ने उल्लेख गर्दै सर्वोच्चले त्यस्ता व्यक्तिहरूलाई नेपालको सीमामा प्रवेश गर्दाको अवस्थादेखि क्वारेन्टिन वा आइसोलेसनमा रहँदा सुरक्षित साथ अलग राखी विशेषरूपमा हेरचाह गर्न सम्बन्धित निकायलाई आदेश दिएको छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिकृया