• ६ असोज २०८३, मंगलबार
  • ८ः४८ बिहान

सरकारले गणतन्त्र दिवसमा २४१ जनाको बाँकी कैद सजाय मिनाहा

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ११:२३

 

National Life

काठमाडौं । सरकारले आज गणतन्त्र दिवसको अवसर पारेर २४१ जना कैदी बन्दीहरुको कैद सजाय मिनाह तथा दण्ड जरिवाना माफी गरेको छ ।

२ सय ३३ जना कैदीको कैद सजाय मिनाहा तथा आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी पनि गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको छ ।

यसैगरी कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिहरुलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख छ ।

प्रतिकृया