• ४ असोज २०८३, आइतबार
  • ७ः३७ बेलुका

आज केहि स्थान चट्याङ्ग, असिना, हावाहुरीसहित पानी पर्ने सम्भावना

प्रकाशित मिति

२०७७ बैशाख ८ गते, सोमबार ०९:२२

 

National Life

काठमाडौं । आजको दिन मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालमा अहिले स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ ।

हाल देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम सामान्तया सफा रहेको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जने, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक-दुई स्थानमा मेघगर्जने, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ।

प्रतिकृया