• ५ असोज २०८३, सोमबार
  • १२ः०३ राती

भारतमा एकै दिन १४ सय कोरोना संक्रमित

प्रकाशित मिति

२०७७ बैशाख ३ गते, बुधबार ०८:४३

एजेन्सी, भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । बितेको २५ घन्टामा त्यहाँ १४ सय नयाँ संक्रमित पत्ता लागेको छ । यो अहिलेसम्मकै सर्वाधिक वृद्धि हो ।

National Life

कोरोना भाइरसको संक्रमित संख्या १० हजार ८ सय १५ पुगेको छ । त्यहाँ कुल ३५३ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घन्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।

भारतमा २१ दिनको लकडाउन अवधि सकिएपछि फेरि १९ दिन लकडाउन थपिएको छ । लकडाउन अवधि लम्ब्याइएकै दिन सर्वाधिक संक्रमित र मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया