• ४ असोज २०८३, आइतबार
  • १०ः२८ राती

वीरगन्‍जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि

प्रकाशित मिति

२०७६ चैत्र ३० गते, आईतवार १२:०५

काठमाडौँ, हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ ।

National Life

संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो। टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको छ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। शनिबार साँझ काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्वास्थ्य मन्त्रालयले यो नतिजा सार्वजनिक गर्ने तयारी गरिहरेको छ। शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा वीरगन्जको एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोनाको आशंका गरिएको थियो। लगत्तै उनीहरुलाई वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको थियो।

शनिबार साँझ उनीहरुसँगै छपकैयाँस्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्मप्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ। उनीहरुलाई स्थानीय सिद्धार्थ मावीको क्वारेन्टाइनमा सारिएको छ। बिहीबार छपकैयाँ र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी क्षेत्रीय अस्पतालमा ‘स्क्रिनिङ’का लागि आएका थिए। ईकान्तिपुरबाट साभार

प्रतिकृया