• ५ असोज २०८३, सोमबार
  • ७ः५९ बेलुका

लकडाउन उल्लंघन गरेर मेला सञ्चालन गर्ने चार वडाध्यक्षसहित नौ प्रहरी नियन्त्रणमा

प्रकाशित मिति

२०७६ चैत्र २७ गते, बिहीबार ०७:४७

 

National Life

बझाङ । लकडाउन उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले छबिसपाथीभेरा गाउँपालिकाका चारजना वडाध्यक्षसहित नौजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । लकडाउन उल्लंघनको आरोपमा अरूको पनि खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनका अनुसार पक्राउ परेकाहरूको अनुसन्धान भइरहेको र लकडाउन उल्लंघनमा दोषी ठहर भए संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ पर्नेमा छबिसपाथीभेरा– २ का वडाध्यक्ष विकास अयडी, वडा नं. ३ का अध्यक्ष केशवराज जोशी, वडा नं. ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर नेत्र बोहराले जानकारी दिए ।

पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समितिका कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी छन् । यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको इन्स्पेक्टर बोहराले बताए । सरकारले कोरोन संक्रमण फैलिन नदिनका लागि लकडाउन गरेको छ । २५ जना भन्दा बढि जम्मा नहुन निर्देश दिएको बेलामा मेला सञ्चालन गरे पछि प्रहरिले नियन्त्रणमा लिएको हो ।

प्रतिकृया