• ५ असोज २०८३, सोमबार
  • ६ः३५ बेलुका

रीताको प्रश्नः ‘मन्त्री वा नेताका आफ्ना मान्छे मरेको भए के गर्थ ?

प्रकाशित मिति

२०७६ चैत्र २७ गते, बिहीबार ०६:५४

 

National Life

बुटवल । रुपन्देहीको सैनामैना ४ कि रिता थापाले पती गुमाएको १० दिन भयो। बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका श्रीमानको शव अहिले पनि अस्पतालकै शव गृहमा छ। ६ र ७ बर्षका दुई छोराको साथमा रिता सैनामैना ४ स्थित शिसौडाँडामा रहेको डेरामा छिन्।

नाबालक छोराहरुलाइ बाबा भगवान कहाँ गएको भनेर सम्झाएकी छन्। तर आफनै मनलाई सम्झाउन सकेकी छैनन। ‘मेरा श्रीमान अस्पतालको शव गृहमा हुनुहुन्छ भन्ने सम्झेर भाउन्न छुट्छ। निको भएर आउछु भन्दै एक्लै रिक्सा चढेर अस्पताल जानु भएका श्रीमानको अनुहार झल्झली सम्झन्छु’ रिताले भक्कानिदै भनिन्।

Classic Tech Mobile
Classic Tech Desktop

उपचार नपाएरै आफना श्रीमानले ज्यान गुमाउनु परेको दावी गर्दै आएकी रिताले उही प्रश्न दोहोरयाइन् ‘उपचारका लागि गएका मेरा श्रीमानलाई अस्पतालले निको गराउनुको साटो किन मृत्युको मुखमा पुरयायो ?

तर सम्बन्धित पक्षबाट अहिलेसम्म उनको प्रश्नको सम्बोधन भएको छैन। श्रीमानको मृत्युको कारण अस्पतालले बताउनु पर्ने अडानमा रीता छन्।जसका कारण बाबुरामको शव दश दिनदेखि लुम्बिनी प्रादेसिक अस्पतालको शव गृहमा छ। बाबुरामका आफन्तले मृत्युको कारण स्पष्ट हुनु पर्ने माग सहित उचित राहतको माग गरेका छन्।

तर प्रदेशको अस्थाइ मुकाममै दश दिनसम्म मृत्तकको शव नउठदा अस्पताल प्रशासन, स्थानीय सरकार र प्रदेश सरकारले कुनै चासो नदिएको रिताका दाजु कमल टण्डनको गुनासो छ। बिभिन्न राजनीतिक दलहरुले शब उठाउने बातावरण बनाउन प्रदेश सरकारलाइ ध्यानाकर्षण गराउदा उल्दै लाशमाथि राजनीति गरेको भन्ने आरोप लगाइएको रुपन्देहीका सांसद रमा अर्यालले बताइन्।नागरिक दैनिकबाट साहाभार

प्रतिकृया