• 2:40 pm

क्रिकेटर सन्दीप लामिछानेले कोभिड–१९ कोषमा एक लाख दिने

प्रकाशित मिति

March 31, 2020

काठमाडौं, नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले कोरोना भाइरस प्रभावितलाई राहत दिन स्थापना गरिएको नेपाल सरकारको कोषमा एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले यही चैत्र १३ गते सामाजिक सञ्जालमार्फत् सहयोग घोषणा गरेका हुन् ।

उनले अहिलेको अवस्थामा कस्लाई सहयोग र सेवा आवश्यक रहेको भन्न नसकिने समेत उल्लेख गरेका छन् । लामिछानेले सबैलाई सुरक्षित रहन आग्रह समेत गरेका छन् । लामिछाने नेपालका सर्वाधिक कमाई भएका खेलाडी हुन् । उनले दुई सिजन आइपिएल खेलिसकेका छन् ।

प्रतिकृया